काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्न असोज २० गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौमा विहान ११ बजे सुरु हुने जानकारी कम्पनीले दिएको हो ।
सभाले प्रस्तावित १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको लागि स्वीकृति प्रदान गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । हाल कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij