Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

सूचीकृत कम्पनीहरूलाई वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको अनुरोध

सूचीकृत कम्पनीहरूलाई वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको अनुरोध

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

    कम्पनीले आइतवार एक सूचना प्रकाशित गर्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएका व्यवस्थाअनुसार आर्थिक वर्ष २०८१/०८२ को धितोपत्र वार्षिक नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरूलाई आग्रह गरेको हो ।

    सूचनाअनुसार नेप्सेमा सूचीकृत कम्पनीहरूले असोज मसान्तभित्र ग्लोबल आइएमई बैंक, कमलादीमा गई नेप्सेको आधिकारीक बैंक खातामा नवीकरण शुल्क बुझाउनु पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij