Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता छ : मन्त्री भण्डारी

नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता छ : मन्त्री भण्डारी

  • काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याउनुभएको छ ।

    नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून रहेकाले निर्यात बढाउन ठोस नीति बनाउनुपर्नेमा जोड दिनुभयो । 

    उहाँले भन्नुभयो, “तेस्रो मुलुकमा निर्यातभन्दा आयात धेरै छ, पारवहनको संरचना समय सापेक्ष हिसाबले बढ्नुपर्नेमा घट्दै गएको छ, व्यवसाय बढ्नुपर्नेमा पारवहन धरासायी अवस्थामा पुगेको छ, यही ढङ्ले संस्था चल्न सक्दैन, यस्तै भए सरकारले सोच्नुपर्ने हुन्छ, फजुल सरकारी बजेट दुरुपयोग भइरहेको छ, ठोस नीति आवश्यक छ योजना बनाउनुस, संस्था चलायमान बनाउन सरकारको आग्रह छ ।”

    भारतका विभिन्न ठाउँमा रहेका ‘पोर्ट’लाई व्यवस्थित बनाउन मन्त्री भण्डारीले निर्देशन दिनुभयो । “हाम्रो नीति निर्यात बढाउने हुनुपर्छ, ठोस योजना बनाएर प्रस्ताव ल्याउनुस्, मन्त्रालयबाट आवश्यक सहयोग रहन्छ”, उहाँले भन्नुभयो । साथै उहाँले पारवहनका पदाधिकारीलाई साझेदार संस्थासँग हातेमालो गरेर ठोस योजना बनाउन निर्देशन दिनुभयो ।

    संस्थालाई चलायमान बनाएर समयसापेक्ष ढङ्गबाट चलाउन नसकिएको अवस्थामा सरकार घाटा बेहोरेर सञ्चालन गर्ने पक्षमा नरहेको मन्त्री भण्डारीको भनाइ थियो । पारवहनले सन्तोषजनक ढङ्गबाट कार्यसम्पादन गर्न नसके यसको औचित्य नै समाप्त हुने उहाँले बताउनुभयो । “पारवहन सन्तोषजनक ढङ्गले नचले राज्यका लागि बोझ बनाउन सरकारले चाहेर पनि चलाउन सक्दैन”, मन्त्री भण्डारीले भन्नुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij