Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

सीइडीबी हाइड्रोपावरको बोनस शेयरमा लगानीकर्ताले कर तिर्नु नपर्ने

सीइडीबी हाइड्रोपावरको बोनस शेयरमा लगानीकर्ताले कर तिर्नु नपर्ने

  • काठमाडौँ ।  सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कर बापतको रकम तिर्नु नपर्ने भएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गरी कम्पनीले घोषणा गरेको बोनस शेयरको कर बापतको रकम कम्पनी स्वंयमले तिर्ने जानकारी दिएको हो ।

    कम्पनीले आइतबार साधारण सभाको सूचना प्रकाशित गर्दै ११ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो । बोनस शेयर बापत् तिर्नुपर्ने कर बापतको नगद लाभांश घोषणा नभएपछि सामाजिक सञ्जालमा कम्पनीको व्यापक आलोचना भएको थियो । कम्पनीले प्रेस विज्ञप्ति मार्फत स्पष्ट पार्दै आयकर ऐन २०५८ को दफा ५४ ९३० बमोजिम कर कट्टी पछि प्राप्त लाभांश आम्दानीबाट लाभांश वितरण गर्दा पुनः कर तिर्नु नपर्ने प्रावधान रहेको छ ।

    सोही प्रावधान अनुरुप अघिल्लो साधारण सभामा बोनस शेयर बापत करको लागि छुट्याइएको रकम नै आगामी साधारणसभा स्वीकृति हुने बोनस शेयरको कर तिर्न समेत पर्याप्त हुने हुँदा बोनस शेयर बापतको रकम शेयरधनीले नभई कम्पनीआफैले तिर्ने स्पष्ट पारेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij