Logo

Mar 20 2025 | २०८१, चैत ७गते

Mar 20 2025 | २०८१, चैत ७गते

images

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको फेरि हत्या गर्ने प्रयास, संदिग्ध हत्यारा पक्राउ, एफबीआईद्वारा अनुसन्धान जारी

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको फेरि हत्या गर्ने प्रयास, संदिग्ध हत्यारा पक्राउ, एफबीआईद्वारा अनुसन्धान जारी

  • काठमाडौँ । पूर्व अमेरिकी राष्ट्रपति र रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या गर्ने अर्को प्रयास गरिएको छ । आइतबार सेप्टेम्बर १५का दिन ट्रम्पको हत्याको अर्को प्रयास गरिएको हो ।
    अमेरिकाको आन्तरिक मामिलाको अनुसन्धान गर्ने अमेरिकाको गुप्तचर संस्था  एफबीआईले फ्लोरिडाको ट्रम्प इन्टरनेशनल गल्फ क्लबमा भएको संदिग्ध हत्या प्रयासको  अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
    एफबीआईका संघीय एजेन्टहरूले पूर्व राष्ट्रपति ट्रम्पको हत्याको प्रयास बारे अनुसन्धान गरिरहेको  एफबीआईले आइतवार जनाएको छ ।
    घटना स्थानीय समय अनुसार दिउँसो २ बजेको केही समय अघि रिसोर्टको बारमा राइफल ब्यारेल टाँसिएको गुप्तचर सेवाका एक एजेन्टले देखेपछि हत्याको प्रयास भएको आशंका गरिएको थियो ।
     वेस्ट पाम बिच शेरिफ रिक ब्राडशाका अनुसार एजेन्टले चेतावनी दिएपछि चार देखि ६ राउन्ड फायर गरियो । त्यसपछि  संदिग्ध हत्यारा घटनास्थलबाट भागेका थिए । तर पछि नजिकको काउन्टीमा उनी पक्राउ परेका थिए ।

    twitter photo of attack.jpg
    यो घटना पछि नोभेम्बरमा हुने राष्ट्रपति पदको चुनावमा प्रतिस्पर्धी नेतृ तथा उपराष्ट्रपति कमला ह्यारिसलगायतका उच्च पदस्थ व्यक्तिहरूले  ट्रम्प सुरक्षित रहेकोमा खुशी व्यक्त गरी हत्या प्रयास घटनाको निन्दा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij