Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

कुमारी बैंक लिमिटेडको ४ लाख ३७ हजार ९४८ कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडको ४ लाख ३७ हजार ९४८ कित्ता संस्थापक सेयर बिक्रीमा

  • काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको कुल २४ लाख ३७ हजार ९४८ कित्ता शेयर विक्रीमा ल्याएको छ । कुल कित्ता शेयरमध्ये कम्पनीले २४ लाख २२ हजार ५४८ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

    १५ हजार ४०० कित्ता शेयर खरीदका लागि भने विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्न सक्नेछन् । विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा आएको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने शेयरका लागि असोज १६ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । अन्य व्यक्ति तथा संस्थाका लागि समेत विक्रीमा आएको २४ लाख २२ हजार ५४८ कित्ता शेयर खरीदका लागि भने असोज २ गतेदेखि आवेदन पेश गर्नुपर्नेछ ।संस्थापक शेयरधनीहरूले कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ भने अन्य व्यक्ति तथा संस्थाहरूले लक्ष्मी सन्राइज क्यापिटलको कार्यालय कमलपोखरी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

    अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको कम्पनीको शेयरको मूल्य प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij