Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

कोशी र मधेशमा हावाहुरीको सम्भावना, सुदूरपश्चिममा भारी वर्षा हुने

कोशी र मधेशमा हावाहुरीको सम्भावना, सुदूरपश्चिममा भारी वर्षा हुने

  • काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
    कोशी प्रदेशका तराई भू(भाग तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    विभागले राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। बाँकी भू(भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij