Logo

Oct 13 2024 | २०८१, असोज २७गते

images

भन्सार विभागको व्यवस्थापन गोष्ठी सम्पन्न, चोरी तस्करी नियन्त्रण र मूल्यांकनका विषयमा गहन छलफल


नया सडक

२०८१, असोज १ मंगलबार

  • 1.0k
    Shares

  • भन्सार विभागको व्यवस्थापन गोष्ठी सम्पन्न, चोरी तस्करी नियन्त्रण र मूल्यांकनका विषयमा गहन छलफल

    काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्ष २०८१/८२को पहिलो व्यवस्थापन गोष्ठी सम्पन्न गरेको छ । काठमाडौँमा भाद्र २७/२८ गते भएको भन्सार विभागको व्यवस्थापन गोष्ठीमा मुख्यतः मूल्यांकन ,वर्गीकरण र  चोरी तस्करी नियन्त्रणका विषयमा गहन छलफल भएको हो ।

    विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा देशैभर रहेका भन्सार कार्यालयका प्रमुखहरू लगायतको सहभागिता थियो । दुईओटा समूह बनाएर गहन ढंगले छलफल गरिएको गोष्ठीमा मालवस्तुको भन्सार मूल्यांकन, मालवस्तुको वर्गीकरण, मुद्दा फर्छ्यौट ,चोरी तस्करी नियन्त्रण , एकआपसमा समन्वय, कर्मचारीका चुनौती लगायतका विषयमा  गम्भीर छलफल भएको थियो ।

    अक्सर गरेर आर्थिक वर्ष सुरु भएलगत्तै  गर्ने गरिएको व्यवस्थापन गोष्ठी यसवर्ष सरकार परिवर्तन र विभागमा महानिर्देशक परिवर्तनले केही ढिला भएको हो । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले  गोष्ठीमा  पर्याप्त छलफल हुन नसकेको बताउँदै आएका सुझाव र निष्कर्षलाई  कार्यान्वयनमा ल्याइने बताएका थिए ।गोष्ठीमा चोरी तस्करी नियन्त्रण गर्न र लक्ष्य अनुसारको राजस्व उठाउन मातहतका कार्यालयहरूलाई महानिर्देशक पुडासैनीले निर्देशन दिए ।

    गोष्ठीमा समय सापेक्ष प्रविधिको नयाँ आयामको प्रयोग गरी सदाचारिता र पारदर्शिता कायम गर्नुपर्ने जोड दिइएको थियो ।  साथै भन्सार प्रशासनमा विभिन्न क्षेत्रहरूको संलग्नता हुने भएकोले सबैलाई विश्वास गर्न र  छड्के जाँच गर्नपर्ने आवश्यकता औँल्याइयो ।लक्ष्य अनुसारको राजस्व संकलन नभएको गोष्ठीमा राजस्व लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीति बनाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सवै भन्सार कार्यालयका प्रमुखहरूलाई  निर्देशन दिइएको थियो । 

    प्रतिक्रिया दिनुहोस