Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

सीइडीबी हाइड्रोपावर र ओरियन्टल होटल्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सीइडीबी हाइड्रोपावर र ओरियन्टल होटल्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल्सको लाभांश सुरक्षित गर्ने आज असोज ६ गते आइतबार अन्तिम दिन रहेको छ  ।

    सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अघिल्लो २ आर्थिक वर्षको  नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशतका दरले बोनस सेयर वितरण गर्दैछ । यस बोनस सेयरमा लाग्ने कर बापतको रकम तिर्नु नपर्ने कम्पनीले जनाएको छ । उक्त बोनस सेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने जनाएको छ ।

    ओरियन्टल होटल्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले असोज २० गते २७ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij