काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले असोज ७ गते सोमवारदेखि अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको छ । कम्पनीले यस अघि शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको उल्लेखित कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । कम्पनीले ९९ लाख कित्ता हकप्रद शेयर विक्री खुला गर्दा ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद शेयर मात्र विक्री भएको हो । कम्पनीले असार १९ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर साउन २९ गतेदेखि भदौ १२ गतेसम्म विक्री खुला गरी भदौ २५ गते बाँडफाँट गरेको थियो ।
लिलामीमा आउने शेयरको मूल्य १०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज १४ गतेभित्र विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्साल, काठमाडौं र नबिल बैंकको शाख कार्यालयहरू विराटनगर, जनकपुर, भक्तपुर, पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगरमा बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । धितोपत्र दोस्रो बजारमा २०० रुपैयाँभन्दा बढी मूल्य रहेको कम्पनीको यी शेयर सोभन्दा कम मूल्यमै खरीद गर्ने अवसर मिलेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij