Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

ट्रेजरी बिलमार्फत २५ अर्ब आन्तरिक ऋण उठाइँदै

ट्रेजरी बिलमार्फत २५ अर्ब आन्तरिक ऋण उठाइँदै

  • काठमाडौं ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । नेपाल सरकारको राष्ट्र ऋण बोलकबोल तालिका अनुसार सोमबार उक्त ट्रेजरी बिल बोलकबोल हुन लागेको हो । चालु आर्थिक वर्ष सुरु भए यता सरकारले नयाँ ट्रेजरी बिलको बोलकबोल मार्फत २५ अर्ब आन्तरिक ऋण उठाइसकेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सोमबार ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बोलकबोल हुन लागेको हो । बोलकबोलमा आज दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।

    बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको हो । अहिले सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ ।

    यसअघि गत भदौ ३१ गते बोलकबोलमा १८२ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट २.९९ प्रतिशत कायम हुँदा ३६४ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ३.०२ प्रतिशत

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij