Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ निष्कासन गर्ने ,  विक्री प्रबन्धकमा एनएमबि क्यापिटल

हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ निष्कासन गर्ने ,  विक्री प्रबन्धकमा एनएमबि क्यापिटल

  • काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीले सो कार्यका लागि धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

    कम्पनीले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासनमार्फत २० लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । उक्त साधारण शेयर निष्कासन गर्नेसम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटललाई धित्तोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

    आइतवार आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij