Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

चिनियाँ अर्थतन्त्र बलियो पार्न त्यहाँको केन्द्रीय बैंकले चार वर्षयता पहिलो पटक ब्याज दर कटौती गर्दै

चिनियाँ अर्थतन्त्र बलियो पार्न त्यहाँको केन्द्रीय बैंकले चार वर्षयता पहिलो पटक ब्याज दर कटौती गर्दै

  • काठमाडौं । चिनियाँ अर्थतन्त्र बलियो पार्न त्यहाँको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना पीबीओसीले चार वर्षयता पहिलो पटक ब्याज दर कटौती गर्न लागेको जनाएको छ ।पीबीओसीका गभर्नर प्यान गोङसेङले उधारो लागत घटाउन र बैंकहरूलाई उनीहरूको ऋण बढाउन अनुमति दिने योजना घोषणा गर्दै यस्तो बताएका हुन् ।विश्वको दोस्रो ठूलो अर्थतन्त्रले यस वर्ष आफ्नो ५ प्रतिशतको वृद्धि लक्ष्य गुमाउने आकलन भएको देखिएपछि यो कदम अपनाउन लागिएको बीबीसीले जनाएको छ ।

    चिनियाँ गभर्नरको यो घोषणापछि एसियाको शेयर बजारमा उछाल आएको छ । पत्रकार सम्मेलको आयोजना गरी गभर्नरले केन्द्रीय बैंकले बैंकहरूले नगद सुरक्षणमा राख्नु पर्ने रकम (रिजर्भ रिक्वायर्ड रेसियो– आरआरआर)मा कटौती गर्ने बताए ।आरआरआर प्रारम्भमा आधा प्रतिशत बिन्दुले घटाइनेछ । यसबाट करिब १० खर्ब युयान वा १ खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रकम  खाली गर्ने अपेक्षा गरिएको छ । साथै यो अर्को वर्ष पनि कटौती गर्न सकिने गभर्नरले जनाए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij