Logo

Aug 11 2025 | २०८२, साउन २६गते

Aug 11 2025 | २०८२, साउन २६गते

images

मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो

मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो

  • घोराही (दाङ)।  घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ । बोटिङ गर्न आउनेले स्थानीय उत्पादन, परिकार खपत गरेपछि उत्पादनमा वृद्धि भएको हो । चालीस वर्षीय ओलीले मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालन पनि गर्नुभएको छ । उहाँको फर्मलाई आवश्यक पर्ने दानालगायत सामग्री आपूर्तिबाट पनि स्थानीयको आम्दानी बढोत्तरीमा टेवा पुगेको छ । मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालनबाट प्रशस्त आम्दानी हुने गएकोे उहाँले बताउनुभयो ।

    “मेरो सानो रिसोर्ट पनि भएकाले बोटिङ गर्न आउनेहरू त्यहाँ पनि पुग्छन् यसले व्यवसाय प्रवर्द्धन भएको छ”, उहाँले भन्नुभयो । सार्वजनिक बिदा र शनिबार बढी आन्तरिक पर्यटक आउने गरेका, गर्मीका बेला दैनिक २५–३० जना बढीले बोटिङ गर्ने तथा अन्य व्यवसायबाट आफूले मासिक रु एक लाख ५० आम्दानी गर्दै आएको उद्यमी ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो व्यवसायमा स्थानीय दुई जनालाई रोजगारी दिएको छुभने घरका पाँच जनाले पनि काम गर्दै आएका छौँ ।” बोटिङ गर्न आउनेसँग प्रतिव्यक्ति रु एक सय शुल्क लिने गरेको जानकारी दिँदै उहाँले यसमा हालसम्म रु एक करोड १० लाख लगानी गरेको र भविष्यमा व्यवसाय विस्तार गर्ने योजना सुनाउनुभयो । (रासस)

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij