Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

आज दुई कम्पनी र चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

आज दुई कम्पनी र चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

  • काठमाडौं । आज दुई कम्पनी र चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। 
    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली र साहस उर्जा असोज १३ गते, आइतबार बुकक्लोज गर्दैछ। यस अनुसार यी स्टकहरुको बुकक्लोज अघिको अन्तिम कारोबार दिन हो।
    एनएमबि ५० ले इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका दरले र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ले करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
    ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले त आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ भने नबिल ब्यालेन्स्ड फण्ड २ ले करसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ले असोज २३ गते, बुधबार, अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानश्वर, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
    साहस उर्जा लिमिटेड ले कात्तिक ४ गते, आइतबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा ४ आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij