काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले प्रस्ताव गरेको यस वर्षको लाभांश विद्युत नियमन आयोगले अस्वीकृत गरेको छ । विद्युत नियमन आयोगले असोज ६ गते कम्पनीलाई यस वर्षको लाभांश वितरणका लागि स्वीकृति दिन नमिल्ने निर्णय गर्दै जत्र पठाएको हो ।
नियमन आयोगका अनुसार कम्पनीले आर्थिक वर्ष ०८०/८१ को वित्तीय विवरण नेपाल लेखा प्रतिवेदन माग अनुरूप तयार पारिएको र सो लेखा प्रतिवेदन मानमा कम्पनीको स्वामित्वमा रहेको वित्तीय उपकरण तथा लगानीलाई बजार मूल्यमा प्रस्तुत गरेको साथै बजार मूल्यको थपघटलाई नाफा नोक्सान हिसाब अथवा अन्य विस्तृत आम्दानीमा लेखाङ्कन गरेको देखिन्छ । जुन कार्य कम्पनी ऐन , २०६३ को दफा ५६ को उपदफा (१०) ले वर्जित गरेको भन्दै स्वीकृति दिन नमिल्ने भनाई आयोगको छ ।
उता कम्पनीले भने प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कात्तिक १ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij