काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा रेमिटेन्स आप्रवाह बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भइ १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij