Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

तीन दिन भारी वर्षाको चेतावनी, विपद् व्यवस्थापनका लागि ‘अलर्ट’ मा सशस्त्र प्रहरी

तीन दिन भारी वर्षाको चेतावनी, विपद् व्यवस्थापनका लागि ‘अलर्ट’ मा सशस्त्र प्रहरी

  • काठमाडौँ ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ।

    मौसम विज्ञान विभागले आगामी तीन दिन (शुक्रबार, शनिबार र आइतबार)भारी वर्षा हुने भन्दै सूचना जारी गरेको छ। ५६ वटा जिल्लामा वर्षाको ुरेड अलर्टु जारी गर्दै सचेत रहन आग्रह समेत गरेको छ।

    यस्तो अवस्थामा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल तयारी अवस्थामा बसेको हो।

    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन महाशाखाका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले आफूहरु विपद्का कारण आइपर्ने घटनाहरुको व्यवस्थापनका लागि स्रोत, साधनसहित तयारी अवस्थामा रहेको जानकारी दिए।‌

    उनले सशस्त्र प्रहरीको देशभर रहेका कार्यालयहरुलाई आगामी तीन दिन उच्च सतर्कता अपनाउन सूचना जारी गरिसकेको सुनाए।

    ूहामीले देशव्यापी रुपमा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु लगायत जिल्लास्थित गण, गुल्म तहका कार्यालयहरुमा रहेका विपद् फोकल पर्सनहरुलाई हामीले यो सम्बन्धी जानकारी दिइसकेका छौं। परिपत्रमार्फत पनि गरेका छौं। सञ्चारमाध्यमबाट पनि शतर्क गराइसकेका छौं। आफ्नो उपलब्ध स्रोत, साधनसहित उनीहरु यो कुरामा सचेत छन्। आफूले गर्नुपर्ने पूर्वतयारीमा स्रोत, साधनसहित तयारी अवस्थामा बसेका छन्।ू उनले भने।

    उनले १३ वटा हेवी इक्युपमेण्टलाई तयारी अवस्थामा राखिएको बताए। त्यसैगरी बाढी, पहिरो र डुबानबाट विस्थापित हुनेहरुका लागि अस्थायी क्याम्प खडा गर्न २८ वटा कन्टेनरहरुलाई पनि तयारी अवस्थामा राखिएको उनको भनाई छ। उनले सबै जिल्लाहरुमा आवश्यक उपकरणहरुसहित बन्दोबस्त गरिएको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij