Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

काठमाडौँ–तराईरमधेस द्रुततमार्ग सडक आयोजनाद्वारा वार्षिक जर्नलको चौथो संस्करण प्रकाशन

काठमाडौँ–तराईरमधेस द्रुततमार्ग सडक आयोजनाद्वारा वार्षिक जर्नलको चौथो संस्करण प्रकाशन

  •  

    काठमाडौँ ।काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडक आयोजनाको वार्षिक जर्नल, चौथो संस्करण प्रकाशन भएको छ । नेपाली सेनाको जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति, महारथी अशोकराज सिग्देलले उक्त जर्नलको विमोचन गर्नुभयो ।  

     

    राष्ट्रिय गौरव एवं रणनैतिक महत्त्व बोकेको यस आयोजनाको वार्षिक रूपमा प्रकाशन हुँदै आइरहेको जर्नलको चौथो संस्करणमा आयोजनासम्बन्धी हालसम्मको प्रगति, चुनौती र समाधानका लागि चालिएका कदम एवं भविष्यका कार्ययोजनाहरूसँग सम्बन्धित शोध समावेश गरिएको छ ।

     

    आयोजनाले उत्कृष्ट तीन सोधकर्तालाई आजै पुरस्कृत गरेकोे छ । प्रथम हुने समूह सन्देश लम्साल, पुरुषार्थ खतिवडा, रोजी प्रधानाङ्ग, प्रदीपकुमार श्रेष्ठ र अनिल मरासिनीलाई रु ५१ हजार नगद राशिसहित सेनाले पुरस्कृत गरेको छ ।  

     

    यस्तै, द्वितीय हुने दिवस गौतम र वसन्त लेखक रु ३१ हजार नगदसहित पुरस्कृत हुनुभएको छ । यस्तै, प्रणव यादव र रुवी अधिकारी रु २१ हजारसहित पुरस्कृत हुनुभएको हो । यस जर्नलमा निर्माण कार्यमा संलग्न विषयविज्ञ, प्राविधिक, विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी एवं विशेषज्ञ समेतका २२ वटा विभिन्न सोधकार्य समावेश गरिएको छ ।

     

    महारथी सिग्देलले शुभकामना सन्देशमार्फत दु्रतमार्गको ‘ट्र्याक’ खोल्ने कार्य कुशलताका साथ सम्पन्न नेपाली सेनाले विभिन्न कठिनाइका बाबजुद निर्माण कार्यमा प्रगति हासिल गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा थप तदारूकताका साथ कार्य गर्दै आयोजनाले समयमा नै गुणस्तरीय रूपमा निर्माण सम्पन्न गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

     

          साथै यस जर्नल देशको पहिलो दु्रतमार्ग सडक आयोजना भएको तथा सेनाले गरेका पूर्वाधार विकास निर्माणका कार्यहरूमा अभिरुचि राख्ने शोधकर्ता, पत्रकार एवं आम जनसमुदायमा उपयोगी सामग्री हुने विश्वास व्यक्त गर्नुभयो ।

     

    कार्यक्रममा आयोजना प्रमुख ९प्राउर० कमल विक्रम शाहले  निर्धारित समयमा नै  निर्माण सम्पन्न गर्ने योजनाअनुसार देशको प्रथम दु्रतमार्ग सडक आयोजना निर्माणमा सेना अहोरात्र खटिँदै आएको बताउनुभयो । “हालसम्म दु्रतमार्गको करिब ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ”, उहाँले भन्नुभयो, “साथै प्रारम्भिक चरणका सम्पूर्ण कार्य सम्पादन गरी दु्रतमार्ग निर्माणको भौतिक प्रगति ३५ दशमलव ८५ प्रतिशत हासिल भइसकेकाले आयोजना निर्माण सम्बद्ध सबैको साथ, सहयोग र समन्वयमा निर्दिष्ट समयमा नै सम्पन्न हुनेम विश्वास लिएको छु ।”

     

    द्रुततमार्ग एवं भौतिक पूर्वाधार निर्माणमा आधारित शोधकार्यलाई स्थान दिई प्रकाशन हुन लागेको यस जर्नलले नेपालको यातायात संरचना र विकासको महत्वपूर्ण पक्षलाई उजागर गर्ने उहाँहरूले विश्वास व्यक्त गर्नुभयो । नेपाली सेनालाई मन्त्रिपरिषद्को २०७४ साल वैशाख २१ गतेको निर्णयबाट दु्रतमार्ग निर्माणको व्यवस्थापनको जिम्मेवारी दिइएको थियो । आयोजना ०८३ साल चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने योजना लिएको छ ।

     

    सेनाले हालसम्म एक हजार ४११ किलोमिटर लम्बाइको ३२ वटा सडक आयोजनाहरू सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । सेनाद्वारा पाँचवटा सडक आयोजना निर्माणाधीन रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij