काठमाडौं । अरुण काबेली पावर लिमिटेडले १४औं वार्षिक साधारण सभा कात्तिक ४ गते गर्ने भएको छ । कम्पनीको असोज १० गते दिउँसो ३ः१५ मा बसेको सञ्चालक समितिको बैठकले काठमाडौं गौशालास्थित होटल क्रिष्टल पशुपतिमा सभा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजे देखि शुरु हुनेछ ।
गत आर्थिक वर्ष (आव)को मुनाफाबाट यस वर्ष कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १८ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij