Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह

शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह

  •  

    काठमाडौं । शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन सरकारले आग्रह गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ११ र १२ गते रात्रिकालीन बस नचलाउन अनुरोध गरेको हो ।

    जल तथा मौसम विज्ञान विभागले आजदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेको भन्दै चेतावनी दिएपछि प्राधिकरणले यस्तो अनुरोध गरेको हो । त्यसैले, मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णय अनुसार वर्षाको रातको  समयमा यात्रा गर्दा पहिरो तथा बाढीको जोखिमका रहेका हिमाली तथा पहाडी जिल्लाहरुमा भोलि र पर्सि रात्रिकालीन बस नचलाउन सुझाव दिइएको हो ।धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन र तराइ तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्न्पात नराख्न पनि अनुरोध गरिएको छ । 

    638629715194548796 (1).jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij