काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य(न्याभ) र खुद नाफा साउन मसान्तको तुलनामा भदौ मसान्तमा घटेको छ ।
साउन मसान्तमा फण्डको न्याभ १२ रुपैयाँ ७३ पैसा रहेकोमा भदौ मसान्तमा घटेर ११ रुपैयाँ ५८ पैसामा झरेको छ । त्यस्तै फण्डको नाफा पनि साउन मसान्तको तुलनामा भदौमा ४७ प्रतिशत घटेको छ । साउन मसान्तमा फण्डले रू. ३६ करोड ६८ लाख नाफा कमाएकोमा भदौ मसान्तमा घटेर रू. १९ करोड ३८ लाखमा झरेको छ । भदौ महीनामा फण्डको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । साउन मसान्तसम्ममा फण्डको कुल आम्दानी रू.३७ करोड रहेकोमा भदौ मसान्तमा घटेर रू. १९ करोड ९९ लाखमा झरेको छ ।
यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ३५ करोड भन्दा बढी लगानी गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij