Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल

सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल

  •  

    काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताउनुभएको छ । 

     

    चीन भ्रमण पूरा गरी आज दिउँसो स्वदेश फर्कनुभएका उहाँले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गर्नुभयो । उहाँ विमानस्थलमा ओर्लिएपछि सिधै मन्त्रालय पुगी छलफलमा जुट्नुभएको थियो । 

     

    अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा यही असोज ७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij