Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

विपद्मा सहयोग गर्न विकास साझेदारलाई अनुरोध गर्ने सरकारको निर्णय

विपद्मा सहयोग गर्न विकास साझेदारलाई अनुरोध गर्ने सरकारको निर्णय

  • काठमाडौँ । बाढीपहिरोलगायतका विपद्मा सहयोग गर्न विकास साझेदारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकबाट यस्तो निर्णय गरिएको हो । समतिको बैठकबाट बाढीपहिरो लगायत वर्षाका कारण भएका विपद्मा परी बेपत्ता भएका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।संयुक्त राष्ट्रसंघ, रेडक्रस लगायत नेपालभित्र क्रियाशील विकास साझेदारहरुले उपलब्ध गराउने कोष परिचालन गर्ने उद्देश्य अनुसार सो निर्णय भएको बैठक सम्बद्ध स्रोतले जनाएको हो ।

    आज बिहान बसेको उक्त  बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिलाई मृतक सरह मानेर परिवारका सदस्यलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।घरबास गुमाएकाहरुलाई अस्थायी आवास बनाउने नगद उपलब्ध गराउने निर्णय र स्थानीय तहले लाभग्राही पहिचान गरेपछि राहत रकम वितरण गरिने निर्णय भएको छ ।अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड, २०८१ बमोजिम रकम उपलब्ध गराइने गृह मन्त्रालयका प्रवक्ता तिवारीले जानकारी सार्वजनिक गरेका छन् । घरबास गुमाएकाहरुलाई तत्कालका लागि २५ हजार रुपैयाँ उपलब्ध गराइने छ । 

    त्यसबाहेक जिल्ला प्रशासन कार्यालयले तत्कालका पाँच जनासम्मको परिवारलाई १५ हजार र पाँच भन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँको दरले राहत रकम पनि उपलब्ध गराउने उक्त बैठकले निर्णय गरेको छ ।समितिको बैठकले बाढी पहिरोमा परेरकाहरुको खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको छ । खोज, उद्धार, राहत वितरण र पुनर्स्थापनाको काम एकद्वार प्रणालीबाट हुने छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij