Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

नेपाल वायु सेवा निगमका ‘क्याबिन क्रु’हरूद्वारा अन्याय र विभेद गरिएको भन्दै व्यवस्थापन विरुद्ध प्रदर्शन

नेपाल वायु सेवा निगमका ‘क्याबिन क्रु’हरूद्वारा अन्याय र विभेद गरिएको भन्दै व्यवस्थापन विरुद्ध प्रदर्शन

  • काठमाडौँ । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध गई व्यवस्थापनले प्रतिशोध साँधेकोमा नेपाल वायु सेवा निगमका ‘क्याबिन क्रु’ हरूले अन्याय र विभेद भएको भन्दै व्यवस्थापनविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।वर्षौंदेखि अन्याय र विभेदमा पारिएका कार्यरत ‘क्याबिन क्रु’ हरूले काम गरेको, न्यायका लागि लड्दा प्रतिशोध साँधेको भन्दै विरोध गरेका हुन् ।सर्वोच्चको अन्तरिम आदेश पालना गर, विभेद रोक, दमन गर्न पाइँदैनजस्ता नारा लेखेका प्लाकार्ड बोकेका चार दर्जन जति क्याबिन क्रुहरूले सोमबार बिहान कार्यकारी अध्यक्ष युवराज अधिकारी प्रवेश गर्ने बेलामा हातमा कालोपट्टी बाँधी प्रदर्शन गरे ।

    सर्वोच्च अदालतले केही महिना अघि कर्मचारीबिच सेवा, सुविधा र सेवा अवधिमा भेदभाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशको अवहेलना गरी क्याबिन क्रुलाई अवकास दिन लागिएको, सेवा सुविधामा भेदभाव गरिएको दाबी गर्दै प्रदर्शनकारीहरूले  सर्वोच्चमा समेत यो विषय विचाराधीन रहेकै अवस्थामा कार्यकारी अध्यक्ष अधिकारीले पूर्वाग्रहपूर्ण ढंगले कारबाही थालेको बताएका छन् ।  निगमका १७२ जना क्याबिन क्रु अन्यायमा परेको भन्दै केही महिनाअघि न्यायका लागि सर्वोच्च पुगेका थिए । उनीहरूले पर्यटनमन्त्री बद्री पाण्डेलाई समेत भेटेर भेदभाव रोक्नका लागि आवश्यक पहल गर्न ज्ञापनपत्र बुझाएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij