Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर

मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर

  • काठमाडौँ असोज ६ गते पक्राउ परेका  मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले नेपाल प्रहरीको साइबर ब्यूरोको अनुसन्धानपाछि मुद्दा दायर गरेको हो । प्रसाईंविरुद्ध दुईवटा फरक फरक उजुरीमा मुद्दा दायर भएको हो।ब्यूरोको टोलीले असोज ६ गते भक्तपुरबाट प्रसाईंलाई उनको घरबाट पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँले प्रहरीलाई पक्राउ अनुमति दिएको चार दिनपछि प्रसाईँ परेका थिए ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको थियो ।पक्राउ परेपछि प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन समेत दिएका थिए।

    पछिल्लो समय विभिन्न व्यक्तिको चरित्र हत्या हुने किसिमको अभिव्यक्ति दिँदै आएका प्रसाईं विरुद्ध यसअघि  बैंकिङ क्षेत्रमा ऋण नतिर्न उक्साएको अभिव्यक्तिलाई लिएर पनि सुरक्षा निकायले निगरानी बढाएको भएपनि  पक्राउ गरेको थिएन् । विगतमा उनको सम्बन्ध प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकटतम रहेका कारण नेकपा एमालेको  केन्द्रीय सदस्य समेत भएका प्रसाईंले उनै ओलीको विरोधमा अमर्यार्दित र अपुष्ट आरोपहरू लगाउन थालेको देखिएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. कृष्ण गिरीले मेडिकल सम्बन्धनका लागि २० करोड घूस मागेको प्रसाईंले आरोप लगाएपछि २०७६ माघ १० मा प्रसाईंविरुद्ध गिरीले दिएको उजुरीका आधारमा प्रसाईँलाई पक्राउ गर्न  जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पुर्जी माग गरेको थियो। तर यसअघि उनी पक्राउ परेका थिएनन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij