Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

हाथवे इन्भेष्टमेन्ट नेपालको साधारण सभा कात्तिक २५ गते , १०.२६ प्रतिशत लाभांश पारित हुने

हाथवे इन्भेष्टमेन्ट नेपालको साधारण सभा कात्तिक २५ गते , १०.२६ प्रतिशत लाभांश पारित हुने

  • काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले कात्तिक २५ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । 

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुकासाथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

    कम्पनीले गत आर्थिक वर्षको लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई समेत सभा मार्फत अन्तिम स्वीकृति दिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ७ गते एक दिन बुक क्लोज गर्दैछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij