Logo

Jul 16 2025 | २०८२, असार ३२गते

Jul 16 2025 | २०८२, असार ३२गते

images

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश

  • काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

    न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए।

    बास्कोटाले भने, 'प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरिएको हो।'

    प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो। सरकारी वकिल कार्यालय काठमाडौँले उनी विरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij