Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

काठमाडौँको भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो आजदेखि  सुरु

काठमाडौँको भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो आजदेखि  सुरु

  • काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो आजदेखि  सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालले उक्त एक्स्पोको आयोजना गरेको हो । 

    २०८२ असोज २८ गते देखि कार्तिक १ गते सम्म (पाँच दिन) "तिहारको उत्सव, फूलको महोत्सव" भन्ने नाराका यो एक्सपो सुरु भएको हो ।

     नर्सरी र नर्सरी जन्य वस्तुको अत्याधिक परनिरभरतालाई कम गर्दै स्वदेशी उत्पादन बढाउनुपर्ने आवश्यतालाई मध्यनजर गर्दै शुभ दिपावलीको पुर्व सन्ध्यामा भृकुटीमण्डपको प्रदर्शनी स्थलमा पाँच दिवसीय राष्ट्रियस्तरको तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२  आयोजना गरिएको जनाइएको छ ।

    ful festival.jpg

    एक्स्पोको प्रवर्द्धक पुष्प विकास केन्द्र र वनस्पति विभाग रहेको छ । मेलामा विभिन्न प्रजातिका फूल गमला तथा मनमोहक आकर्षक फूल लगायत कृषि प्रयोजनमा, ज्योतिको नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विभिन्न प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएको छ । 

    आयोजकका अनुसार मेलामा ७० वटा स्टल छन् । यस मेलामा ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

    मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति रु १०० र ज्येष्ठ नागरिकको लागि प्रति व्यक्ति रु ५० विद्यार्थीहरूको लागि निःशुल्क रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij