Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर

सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर

  • जलेश्वर । जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिरसर्वसाधारणका लागि खोलिएको छ । यो मन्दिर भक्तजनका लागि हरेक वर्ष बडादसैँका १० दिन मात्र खोल्ने प्रचलन छ । 

    मन्दिरका पूजारी उपेन्द्र पाठकका अनुसार दसैँमा  मात्र खुला हुने मन्दिरमा आज बिहानैदेखि घुइँचो लागेको छ । त्रिशूली शक्तिपीठमा महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायत भारतको सीतामढी र मधुवनी, दरभङ्गा र मुज्जफरपुरबाट पनि दर्शनार्थी आउने गरेका छन् ।  त्रिशूली मन्दिरमा भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।   

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij