Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

बागमती प्रदेशको जीडीपीमा सेवाक्षेत्रको हिस्सा ७७ प्रतिशत बढी, नेपालको जीडीपीमा बागमतीको हिस्सा साढे ३६ प्रतिशत बढी

बागमती प्रदेशको जीडीपीमा सेवाक्षेत्रको हिस्सा ७७ प्रतिशत बढी, नेपालको जीडीपीमा बागमतीको हिस्सा साढे ३६ प्रतिशत बढी

  • काठमाडौँ । बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । नेपाल राष्ट्र बैंकले वार्षिकरूपमा यो प्रतिवेदन सार्वजनिक गर्दै आएको हो ।बागमती प्रदेशका १३ जिल्ला जिल्लाहरूमा आर्थिक वर्ष (आव)२०८१/८२ असार मसान्तसम्मको जिल्लागत  कृषि, उद्योग,सेवा तथा पूर्वाधारक्षेत्रको स्थिति र परिदृश्यको संक्षिप्त विश्लेषण यो प्रतिवेदनमा गरिएको कार्यकारी निर्देशक डा. राममणि खरेलले जनाएका हुन् ।

    नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी)मा ३६.५ प्रतिशत योगदान रहेको   बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन आव २०८१/८२मा ५.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत आवमा यो वृद्धि ३.७ प्रतिशत रहेको थियो । चालु आव २०८२/८३को पहिलो त्रयमासमा ढिलो मनसुन(वर्षा)ले केही नकारात्मक असर परेको डा. खरेलले जनाएका छन् । साथै उनले भदौमा भएको जेनजी आन्दोलनको क्षति पश्चात बनेको सरकारले केही सकारात्मक प्रभाव बढ्दै गएको बताएका छन् ।

    प्रतिवेदनको सारांशले जनाए अनुसार आव २०८१/८२मा नेपालको आर्थिक वृद्धि दर उपभोक्ता मूल्यमा ४.६ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आव २०८०/८१मा  नेपालको आर्थिक वृद्धि दर ३.७ प्रतिशत रहेको संशोधित अनुमान छ ।

    आव २०८१/८२को कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः२५.२ प्रतिशत १२.८ प्रतिशत र ६२.० प्रतिशत रहने प्रारम्भिक अनुमान  छ ।

    यसैगरी आव २०८१/८२मा बागमती प्रदेशको  आर्थिक वृद्धि दर ५.२ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत वर्ष यो ३.७ प्रतिशत रहेको थियो ।आव २०८१/८२मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११.८ प्रतिशत, ११.१ प्रतिशत र ७७.१ प्रतिशत रहने प्रारम्भिक अनुमान  छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij