काठमाडौँ । काठमाण्डू कलिङ कन्दराको शीर्षकमा एक सांगातिक कार्यक्रमको आयोजना भइरहेको छ । विशिष्ट इन्टरनेशनलले XO Club र Hi Entertainment को सहकार्यमा Kathmandu Calling Kandara नामक विशेष सङ्गीत कार्यक्रमको घोषणा गरेको छ । यो कार्यक्रम कलात्मक सिर्जना, सामाजिक प्रभाव र सामूहिक सहभागितालाई एकैसाथ जोड्ने नयाँ युगको उत्सव हो । काठमाडौँ कलिङ कन्दरालाई नयाँ पुस्तासँग जोड्ने एउटा नविनतम कडी आयोजकले जनाएको छ ।
काठमाडौँ कलिङ कार्यक्रम कन्दरा ब्याण्डको नयाँ अभियानको निरन्तरता हो । यसको माध्यमबाट सङ्गीतलाई केवल मनोरञ्जनका लागि मात्र नभई समाजमा चेतना, भावनात्मक सम्बन्ध र परिवर्तनको प्रेरणाको स्रोतका रूपमा अघि बढाउनु हो । सङगीत परिवर्तन, शान्ति र रुपान्तरणको लागि समर्पित गर्नु हो । कला र सङगीतका माध्यमबाट निराशा चिर्दै आशा जगाउनु हो ।
कन्दरा ब्याण्डका प्रमुख गायक विवेक श्रेष्ठले भनेः काठमाडौँ कलिङ् कार्यक्रम गीतमा परिवर्तन, सोचमा परिवर्तन र आफैँभित्रको परिवर्तनको यात्रा हो । हामी देशमा परिवर्तन चाहन्छौ भने सुरु सधैं आफू र आफ्नै भूमिप्रतिको जिम्मेवारीबोधबाट हुनुपर्छ ।”
Kathmandu Calling Kandara कार्यक्रममार्फत कन्दरा ब्याण्डले सञ्चारकर्मी, साझेदारहरू र सिर्जनशील समुदायसँग आफ्नो सोच, अवधारणा र योजना सार्वजनिक गरेको छ । यो एउटा नविनतम अवधारणामा आधारित छ । कार्यक्रममा अन्तरक्रियात्मक मिडिया सत्र, लाइभ एकुष्टिक प्रस्तुति साथै आगामी सामाजिक परियोजना, अन्तर्राष्ट्रिय यात्रा तथा सहकार्यका योजनाहरूबारे जानकारी दिनुका साथै प्रस्तुति गरिएको थियो । नेपाली सङ्गीतले समाजलाई कस्तो सकारात्मक बाटोतर्फ लाग्न उत्प्रेरित गर्न सक्छ भन्ने कुरामा यो नयाँ दृष्टिकोणसहितको प्रस्तुति हो ।

हिमाल, ताल र प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण पोखरामा ३२ वर्षअघि जन्मिएको कन्दरा ब्याण्डले नेपाली सङ्गीतप्रति आफ्नो समर्पण, जोश र दृढता निरन्तर अघि बढाइरहेको छ । नेपाली लोकपप, साङ्गीतिक प्रयोग र आफ्नै मौलिक पहिचानका कारण चर्चित बन्न सफल कन्दराको कर्णप्रिय स्वरले देशमै मात्र होइन, विदेशमा रहेका नेपालीहरूलाई पनि आ–आफ्नो घर र माटो सम्झाइरहेको छ । चञ्चले कान्छी, हङकङ पोखरा, तगारोमा रुमाल राखी, भेडीगोठैमा, लेककी हे माया जस्ता यस ब्याण्डका कैयन गीतहरु स्रोताहरुले औधी रुचाएका छन् ।
ब्याण्डको संस्थापक अध्यक्ष तथा लीड भोकलिष्ट विवेक श्रेष्ठ, सहसंस्थापक एवम् ड्रमर सुनील थापा, मादलिष्ट अविनाश गायक, बासिस्ट पंकज झा, गीतारिष्ट सन्देश मुजो, कि वोर्ड नील घतानी, साउण्ड इञ्जिनीयर सिमोन तझ्या र प्राविधिक विज्ञ नविन थापा हुन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij