Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

मधेश प्रदेशका७४ जना सांसदद्वारा मुख्यमन्त्री नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

मधेश प्रदेशका७४ जना सांसदद्वारा मुख्यमन्त्री नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

  • काठमाडौं । एमालेबाहेकका दलहरूले मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मंगलबार ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा मुख्यमन्त्री नियुक्ति संविधानविपरीत भएको दाबी गरिएको हो ।

    रिट दायर गर्ने दलहरूमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायतका दलहरू छन् । उनीहरूले प्रदेश प्रमुखले संविधानको मर्म र प्रावधान विपरीत एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका छन् ।

     विपक्षी दलहरूले एमाले नेतृत्वको सरकार गैरसंवैधानिक भएको दाबी गर्दै मुख्यमन्त्रीको राजीनामा र वैधानिक प्रक्रिया अनुसार नयाँ सरकार गठनको माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij