Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

बाढीपहिरोको विपत्का बेला भारतीय प्रधानमन्त्री मोदीको प्रधानमन्त्री ओलीलाई सहानुभूति सन्देश

बाढीपहिरोको विपत्का बेला भारतीय प्रधानमन्त्री मोदीको प्रधानमन्त्री ओलीलाई सहानुभूति सन्देश

  • काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई अप्ठ्यारो परिस्थितिमा भारतको सधैँ साथ रहने बताएका छन् ।भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई पत्र लेखेर यस्तो  सन्देश पठाएका हुन् ।

    नेपालमा बाढी–पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि भारतीय प्रधानमन्त्री मोदीले सहानुभूति पत्र पठाएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी  दिएका छन् ।नेपालमा राहत, उद्धार र पुनर्निर्माणमा भारतको सहयोग हुने मोदीले पठाएको सन्देशबारे राजदूत श्रीवास्तवले जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij