Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

श्री एयरलाइन्सले भोलिबाट काठमाडौँ-भरतपुर उडान भर्ने

श्री एयरलाइन्सले भोलिबाट काठमाडौँ-भरतपुर उडान भर्ने

  •  

    चितवन ।श्री एयरलाइन्सले भोलिदेखि काठमाडौंँ-भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ । 

     

    “शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ”, कम्पनीका कर्पोरेट निर्देशक अनिल मानन्धरले भन्नुभयो, “नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ ।” 

     

    धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ । 

     

    उहाँका अनुसार एकतर्फी भाडा रु चार हजार पाँच सय राखिएको छ । अहिले भरतपुर-काठमाडौँ-भरतपुर रुटमा बुद्ध एयरले एटिआर-४२ मार्फत दैनिक नौ वटा उडान भर्दै आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij