Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

आजको मौसम : कोशी र वागमती प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी र वागमती प्रदेशमा भारी वर्षाको सम्भावना

  • काठमाडौँ । आज  कोशी र वागमती प्रदेशमा मुसलधारे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


    विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। यस्तै, भारत आसामको उत्तरपूर्वी क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि नेपाली आकाशमा छ। आज दिउँसो कोशी, वागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका १-२ ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशीका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना छ।


    आज राति कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका थोरै तथा बाँकी प्रदेशका १-२ ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। वागमतीका पहाडी भेगका १-२ ठाउँमा भारी वर्षा हुने सम्भावना छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij