Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

आज आँखुखोला जलविद्युतको लिलामी सेयरमा आवेदन दिने  अन्तिम दिन

आज आँखुखोला जलविद्युतको लिलामी सेयरमा आवेदन दिने  अन्तिम दिन

  • काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको १७ लाख ५० हजार २४८ कित्ता सेयर लिलामी भर्ने आज  अन्तिम दिन हो । आइतबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारण समूहको यो सेयर लिलामीमा बिक्री खुला गरेको थियो।

    लिलामीको सेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

    जसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।


    यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल, काठमाडौं नबिल बैंकको बिर्तामोड शाखा, विरगञ्ज शाखा, हेटौडा शाखा तथा जावलाखेल शाखाबाट आवेदन दिन सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij