Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

बाढी पहिरोका कारण बीमा कम्पनीहरूमा ७ अर्ब बढीको भार पर्ने आकलन

बाढी पहिरोका कारण बीमा कम्पनीहरूमा ७ अर्ब बढीको भार पर्ने आकलन

  • काठमाडौँ  । बाढी–पहिरोका कारण बीमा कम्पनीहरूमा ७ अर्ब बढी भार पर्ने आकलन गरिएको छ । बीमा कम्पनीहरूमा बाढी–पहिरोको क्षतिबाट ७ अर्ब २८ करोड रुपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान गरिएको हो । देशभर बाढी पहिरोबाट भएको विनाशपछि बीमा  प्राधिकरणले बीमा कम्पनीहरूलाई सम्भावित दाबीको प्रारम्भिक  आकलन गर्न भने अनुसार यस्तो देखिएको छ ।कम्पनीहरूले प्राधिकरणलाई प्रारम्भिक तथ्यांक बुझाएका छन् ।

    कम्पनीहरुले बुझाएको तथ्यांकमा २ हजार ३३७ वटा दाबी पर्ने अनुमान गरिएको छ । सो दाबी  अनुसार  ७ अर्ब २८ करोड ८५ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।हालसम्म ७०९ वटा दाबी परिसकेको कम्पनीहरूले जनाएका छन् । हालसम्म २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँको दाबी परेको छ ।सबैभन्दा धेरै भार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई पर्ने अनुमान गरिएको छ । सिद्धार्थ प्रिमियरलाई १ अर्ब ८१ लाख रुपैयाँ बढीको दाबी  पर्ने अनुमान छ । यो कम्पनीमा ३१९ वटा दाबी पर्नसक्ने छ ।

    यसैगरी, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा १ अर्ब ४४ करोड १० लाख रुपैयाँ बढीको १४७ वटा दाबी परिसकेको छ ।हिमालयन एभरेस्टमा १ अर्ब १७ करोड ४७ लाख रुपैयाँ बढीको २१६ वटा दाबी पर्ने अनुमान गरिएको छ भने नेको इन्स्योरेन्समा ८९ करोड ८४ लाख २७ हजार रुपैयाँको २२३ वटा दाबी परिसकेको छ ।यस्तै शिखरमा ४६ करोड ५८ लाख ५१ हजार रुपैयाँको ३२२ वटा दाबी, नेशनल इन्स्योरेन्स कम्पनीमा २३ करोड ६६ लाख १३ हजार रुपैयाँको २५ वटा, आईजीआई प्रुडेन्सियलमा २० करोड ६४ लाख ४० हजार रुपैयाँको २४८ वटा दाबी र नेपाल इन्स्योरेन्समा १५ करोड २४ लाख ९६ हजार रुपैयाँको १२८ वटा दाबी पर्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij