Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली पुलबाटो सञ्चालनमा ल्याउन द्रुतगतिको प्रयास शुरु

सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली पुलबाटो सञ्चालनमा ल्याउन द्रुतगतिको प्रयास शुरु

  • काठमाडौँ । सरकारले नेपाली सेनासहितको टोलीको सहयोगमा सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुलबाटो सञ्चालनमा ल्याउन द्रुतगतिको प्रयास थालेको छ ।वर्षासँगै आएको बाढीले क्षतिग्रस्त बनाएको सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल तिहार अघिसम्म निर्माण गरिसक्ने गरी काम द्रुतगतिमा बढाइएको हो ।
    खुर्कोट–मन्थली वारपार गर्न सुनकोशी नदीमाथि सञ्चालनमा रहेका पक्की पुल र बेली ब्रिजलाई  ११ र १२ असोजमा सुनकोशी नदीको बाढीले बगाई क्षतिग्रस्त बनाइ दियो ।
    बाढीले बेली ब्रिज बगाइ लग्यो भने पक्की पुलमा समेत क्षति पु¥याइ दियो । त्यसपछि अहिले खुर्कोट–मन्थली यातायात बन्द छ । पैदल यात्रीहरु समेत बाढीले जिर्ण बनाएको झोलुंगे पुलमा जोखिम मोलेर वारवार गरिरहेका छन् ।

    खुर्कोट–मन्थली पुलमा क्षति पुगेपछि अहिले स्थानीयहरु जोखिम मोलेर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप नगरपालिका–९ मा जोडिएको क्षतिग्रस्त झोलुंगे पुलमा जोखिम मोलेर वारपार गर्न बाध्य छन् ।सुनकोशीले सिन्धुलीतर्फको वीपी राजमार्ग र रामेछापतर्फको मध्यपहाडी राजमार्ग समेत जोड्ने पुलमा क्षति बनाएकोले अहिले त्यसको पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ ।खुर्कोट–मन्थली पक्की पुलको रामेछापतर्फको मुखको भागमा क्षति पुगको छ । सडक डिभिजन कार्यालय सिन्धुलीका अधिकारीहरूका अनुसार रामेछापतर्फको मुखको ५० मिटर पुनर्निर्माण गर्नुपर्ने छ ।

    डिभिजन कार्यालय प्रमुख पारसमणि हमालका अनुसार पुलको दुवैतर्फको मुखमा क्षति पुगेको छ । खुर्कोटतर्फको क्षति सामान्य डोजरकै प्रयोगबाट निर्माण हुनसक्ने भएपनि रामेछापतर्फको मुखमा ५० मिटर जति पुनर्निर्माण गर्नुपर्ने हुन्छ। ५० मिटरजति नयाँ स्ल्याब नै थपेर पक्की पुल पुनर्निर्माण गर्नुपर्ने भए पनि अहिले भने जतिसक्दो छिटो बेली बिज्र जोडेर पुल सञ्चालन काम सुरु गरिएको छ ।बेली ब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालय हेटौंडाबाट सामानहरु समेत ल्याउन थालिएको छ । सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख हमालकाअनुसार शनिबारदेखि हेटौंडाबाट बेली ब्रिजको सामानहरु ल्याउन थालिएको छ ।अहिलेसम्म ७० प्रतिशत समान खुर्कोट आइसकेको छ । बाँकी ३० प्रतिशत सामान पनि ढिला भए सोमबार मंगलबारसम्म पुगिसक्ने  छ ।डिभिजन कार्यालय हेटौंडामा रिजर्भमा राखिएका बेली ब्रिजका सामानहरु खुर्कोट पुगिसकेका छन् । सडक डिभिजन कार्यालयहरुमा रिजर्भको रुपमा बेली ब्रिजका सामानहरु राखिंदै आएको छ । यस्तै विपत्तिहरुमा ती सामानहरु प्रयोग हुँदै आएका छन् ।उक्त बेली ब्रिज बनाउने जिम्मा भने नेपाली सेनालाई दिइएको छ । त्यसका लागि प्राविधिक तथा इन्जिनिरसहितको नेपाली सेनाको १६ जनाको टोली खुर्कोटमा खटिसकेकोे छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij