Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान

बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान

  • जलेश्वर । यही असोज १२ गतेको बाढीमा परेर ज्यान गुमाएका महोत्तरीको गौशाला नगरपालिका-८ का १६ वर्षीय किशोर रोहित साहको परिवारलाई रु दुई लाख राह प्रदान गरिएको छ ।
     
    जिल्ला विपद् व्यस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मृतकका बुवा नारायण साहलाई घरमै पुगेर रु दुई लाख प्रदान गर्नुभएको हो । यही असोज १२ गते दिउँसो अविरल वर्षापछि वडा नं ८ भएर बग्ने सोनी नदीको बाढी हेर्न गएका बेला रोहितलाई बाढीले बगाएकामा करिब चार घण्टापछि साढे तीन किलोमिटर तल उहाँको शव भेटिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij