Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद

हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद

  •  

    काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    गत वर्ष आजकै दिन हमासको आक्रमणमा परी १० जना नेपालीसहित एक हजार दुईसय जनाले इजरायलमा ज्यान गुमाएका थिए ।

    आतङ्कवादी हमलाको शिकार बनेका विश्वका विभिन्न देशका ती नागरिकका स्मतिमा यहाँस्थित इजरायली राजदूतावासले आज यहाँ आयोजना गरेको स्मृतिसभामा उहाँले आतङ्कवादका जुनसुकै रुप र त्यसका प्रकटीकरणको नेपाल निन्दा गर्छ भन्नुभयो । उहाँले जुनसुकै समस्याको समाधान वार्ताका माध्यमबाट खोजिनुपर्नेमा जोड दिनुभयो ।

    नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले हमासको कब्जामा अहिले पनि एक सय एक मानिस रहेका तथा उनीहरुको मुक्तिका लागि हरसम्भव प्रयास भइरहेको जानकारी दिँदै हमसको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधै सम्झने र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो,“तपाईका सन्तान हाम्रो देशमा अतिथि भएर आउनुभएको थियो, त्यो दुःखद् दिनपछि उहाँहरु इजरायली परिवारका सदस्य हुनुभयो । हामी तपाईँहरुलाई निरन्तर सहयाग गर्छौँ ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij