Logo

Nov 02 2024 | २०८१, कात्तिक १७गते

images

सिटिजन्स क्यापिटलका ३ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


नया सडक

२०८१, असोज २२ मंगलबार

  • 261
    Shares

  • सिटिजन्स क्यापिटलका ३ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज असोज २२ गते मंगलबार अन्तिम दिन हो । यसदिन सिटिजन्स म्युचुअल फन्ड १, सिटिजन्स म्युचुअल फन्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । 

    लाभांश वितरण प्रयोजनका लागि ३ वटै फन्डले भोली असोज २३ गते बुधबार बुक क्लोज गर्ने जनाएका छन् ।


    सिटिजन्स म्युचुअल फन्ड १ का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ९  प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड १ को करसहित ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० को करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्दैछन् । 

     

     

    प्रतिक्रिया दिनुहोस