Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

चिनियाँ कम्पनीले १० रुपैयाँ दरका नेपाली नोट छाप्ने ठेक्का पायो

चिनियाँ कम्पनीले १० रुपैयाँ दरका नेपाली नोट छाप्ने ठेक्का पायो

  • काठमाडौं। १० रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीले पाएको छ ।नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का बोलकबोल मार्फत् चिनियाँ कम्पनीलाई दिएको हो ।राष्ट्र बैंकले आह्वान गरेको बोलकबोलमा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई नोट छपाइको जिम्मा प्राप्त भएको छ ।

    राष्ट्र बैंकले १० रुपैयाँ दरका ३४ करोड थान नोट छाप्न लागेको छ । ३ अर्ब ४० करोड रुपैयाँ बराबरको नोट छाप्न ९५ करोड ३८ लाख रुपैयाँ खर्च हुने भएको छ।३४ करोड थान नोट छाप्न सबैभन्दा कम रकम ७१ लाख १७ हजार ९३४ अमेरिकी डलर कबोल गरेका कारण चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले ठेक्का पाएको राष्ट्र बैंकले जनाएको छ। यो कम्पनीसँग नोट छपाई सम्बन्धी ठेक्का सम्झौता हुन बाँकी छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij