Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

विश्व बैंकद्वारा सरकारलाई बाढी पहिरोको विपतसँग लड्न झण्डै २० अर्ब रुपैयाँ बराबरको ऋण सहयोग अनुमोदन

विश्व बैंकद्वारा सरकारलाई बाढी पहिरोको विपतसँग लड्न झण्डै २० अर्ब रुपैयाँ बराबरको ऋण सहयोग अनुमोदन

  • काठमाडौँ । विश्व बैंकले   हालैको बाढीपहिरो पीडितका लागि करिब २० अर्ब रुपैयाँ (१५करोड अमेरिकी डलर) ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकको सञ्चालक समितिले उक्त ऋण सहयोगलाई स्वीकृति दिने निर्णय गरेको हो ।बाढी पहिरोबाट पुगेको क्षतिग्रस्त संरचना पुनर्निर्माण, बस्ती व्यवस्थापन तथा पीडितको राहतका लागि तत्कालका लागि ठूलो रकम चाहिने भएकाले उक्त रकम ऋण सहयोग प्रदान गर्ने निर्णय गरिएको विश्व बैंकको विज्ञप्तिमा भनिएको छ ।

    बाढी पहिरोलगायत प्राकृतिक प्रकोप, अन्तराष्ट्रिय समुदायको गतिविधिको कारणले मौसममा आएको प्रभाव वा स्वास्थ्य वा सामाजिक क्षेत्रमा आउने विपत्ति सामाना गर्न विश्व बैंकले यस्तो ऋण दिने गरेको छ । विश्व बैंकले स्वीकृत गरेको उक्त ऋण नेपालले आफूले चाहेको समयमा लिन पाउने जनाइएको छ ।नेपलका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले  नेपालले प्राकृतिक मौसम परिर्वतनको कारण आएको प्रभाव जटिल अवस्थाको समाना गर्न परिरहेको हालै आएको बाढीले देखाएको बताएका छन् ।साथै उनले नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आकस्मिकता आउने बित्तिकै लिन सक्ने बताए ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij