Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

अम्बे स्टील्सले आइपीओ निष्कासन गर्ने , बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड

अम्बे स्टील्सले आइपीओ निष्कासन गर्ने , बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड

  • काठमाडौं । नेपालको सबैभन्दा आधुनिक स्टील उद्योग श्री जय अम्बे स्टील्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । वार्षिक ४० अर्ब कारोबार गर्ने कम्पनीले आइपीओ निष्कासनका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

    अम्बे स्टील्स र एनआइएमबी एस क्यापिटलका आधिकारिक व्यक्तिहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अम्बे ग्रुप देशको ठूलो व्यावसायिक समूहमध्येमा पर्छ । यसको नेतृत्व शोभाकर (हरि) न्यौपानेले गरिरहेका छन् । कम्पनीले साधारणसभाबाट सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)जारी गर्ने विशेष प्रस्ताव पारित गरिसके पश्चात् बिक्री प्रबन्धक नियुक्त गरेको हो । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij