काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब ३१ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेकोे उक्त रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको हो।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ४ अर्ब २४ करोड ८० लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा ७९ करोड ६५ लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा २६ करोड ५५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ।
राष्ट्र बैंकले आगामी कात्तिक १३ गते देखि लागू हुनेगरी २०८२ कात्तिक १२ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित कात्तिक २ गते साँझ ७ बजेसम्म प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij