काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।
बैंकले बजारबाट १ खर्ब लगानीयोग्य रकम प्रशोचन गर्नलागेको हो।
भोलि नै बोलकबोल गरी उक्त निक्षेप संकलन गरिनेछ। यसको ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ। ब्याज भुक्तानी आगामी कात्तिक १४ मा गरिनेछ। राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र यो प्रक्रियामा सामेल हुन पाउनेछन्। घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij