Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कुनै पनि बेला पक्राउ पर्न सक्ने ,अदालतबाट प्रहरीलाई पक्राउ पुर्जी प्राप्त

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कुनै पनि बेला पक्राउ पर्न सक्ने ,अदालतबाट प्रहरीलाई पक्राउ पुर्जी प्राप्त

  • काठमाडौँ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कुनै बेला पनि पक्राउ गर्ने तयारी गरेको छ । यसका लागि प्रहरीले अदालतबाट अनुमति लिइ सकेको हो ।जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको  प्रहरी स्रोतले जनाएको छ ।

    प्रहरीले लामिछानेलाई पक्राउ गरी कास्की लैजाने तयारी पनि पूरा गरिसकेको छ ।यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान बोलाएको प्रतिपक्षमा रहेका दलहरूको बैठकमा पनि लामिछानेलाई पक्राउ गर्न सकिने बताएका थिए ।उनलाई सहकारी ठगी अभियोगमा पक्राउ गर्न लागिएको हो ।

    उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिले कानुन बमोजिम कारबाही गर्न सिफारिश गरेको थियो ।
     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij