काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुकले आज आइतबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, घरान १२, सुनसरी वा यस कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल कमलादी, काठमाडौंमा आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij