पोखरा ।राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा प्रदर्शन गरेका छन् ।कास्की जिल्ला अदालत, शहिदचोक आसपासमा प्रशासनले तोकेको निषेधित क्षेत्र तोडेर रास्वपाका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भएको देखिएको छ ।
रास्वपाका सभापति रवि लामिछानेलाई पोखराको अदालतमा प्रस्तुत गर्न शुक्रबार पक्राउ गर्न लगिएको हो । सभापति रविका कार्यकर्ताहरूले सरकार विरुद्ध नाराबाजी गरी सभापति छोडाउन दबाब बढाइरहेका छन् ।निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।सभापति रवि पक्राउ परेपछि रास्वापाले पोखरामा दुईसयका दरले जम्मा हुन परिपत्र जारी गरेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij